भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

तनहुँमा प्रभावकारी बन्दै आलु प्रवर्द्धन कार्यक्रम,एक करोड २१ लाख बराबरको कारोबार

तनहुँमा प्रभावकारी बन्दै आलु प्रवर्द्धन कार्यक्रम,एक करोड २१ लाख बराबरको कारोबार

काठमाडौं । तनहुँमा आलु प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आलु प्रवर्द्धन कार्यक्रमबाट सहकारीमार्फत् एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताए । जिल्लाका १२ सहकारीमार्फत् एक करोड २१ लाख रुपैयाँको आलुको कारोबार भएको छ ।

सहकारीमार्फत् सञ्चालित कार्यक्रमबाट चार सय ६० परिवार लाभान्वित भएका प्रमुख लामिछानेले बताउनुभयो। कार्यक्रमअन्तर्गत १२ वटा सहकारीलाई एक करोड चार लाख ९५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । आलु प्रवर्द्धन कार्यक्रमका लागि गएको आर्थिक वर्ष २०८०र८१ मा एक करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ ।

घिरिङ गाउँपालिका–१ को उर्भरा कृषि सहकारी संस्थालाई सात लाख २९ हजार, व्यास नगरपालिका–६ को श्याम्घा साना सिँचाइ कृषि सहकारी संस्थालाई ११ लाख ४९ हजार, व्यास–७ को चउर कृषक समूहलाई तीन लाख २९ हजार, व्यास–९ को कुसुमे उद्यमशील कृषक समूहलाई चार लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

त्यस्तै भानु नगरपालिका–५ को भानु सहकारी संस्थालाई तीन लाख ५८ हजार, भानु–७ को थानीमाइ कृषक समूहलाई दुई लाख ३४ हजार, भिमाद नगरपालिका–१ को डुम्रीबेंसी कृषि उत्पादक सहकारी संस्थालाई पाँच लाख ५८ हजार, भानु–८ को देउराली कृषक समूहलाई ६ लाख २१ हजार, भानु–५ को प्रतिज्ञा कृषि सहकारी संस्थालाई दुई लाख ९२ हजार तथा व्यास–९ को राजापानी कृषक समूहलाई नौ लाख ४४ हजार रुपैयाँ अनुदान दिइएको केन्द्रले जनाएको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.