भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

एआई एक्सिलेन्स सेन्टरले एआई प्रविधिमा नवीनताको अनुसन्धान गर्ने

एआई एक्सिलेन्स सेन्टरले एआई प्रविधिमा नवीनताको अनुसन्धान गर्ने

काठमाण्डौ । सरकारले एआईसम्बन्धी नीतिको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्न एआईसम्बन्धी नीति मस्यौदा तयार गरेको हो ।

सञ्चार मन्त्रालयअन्तर्गत स्थापना गरिने भनिएको एआई केन्द्रले ‘राष्ट्रियस्तरमा एआईको विकास र प्रयोगलाई नियमन गर्ने, एआईसँग सम्बन्धित वस्तु तथा सेवाको गुणस्तर तथा मापदण्ड तर्जुमा गर्ने’ लगायत कार्य गर्ने नीतिमा उल्लेख छ ।

मस्यौदामा एआई नियमन र प्रवर्द्धनका लागि नियमन परिषद्, राष्ट्रिय एआई केन्द्र, एआई एक्सिलेन्सी सेन्टर, एआई इन्क्युबेसन हब, प्रदेश र स्थानीय तहमा एआईसम्बन्धी समन्वय र सहकार्य गर्ने संयन्त्रजस्ता नयाँ संस्थागत संरचना स्थापना गर्ने योजना समावेश गरिएको छ ।

सङ्घ र प्रादेशिकस्तरका विश्वविद्यालय तथा एआईसँग सम्बन्धित अनुसन्धान संस्थाहरूमा स्थापना गर्ने भनिएको एआई एक्सिलेन्स सेन्टरले एआई प्रविधिमा नवीनताको अनुसन्धान गर्नेछ ।

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति–२०८१’ को मस्यौदा मंगलबार सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नीतिका विषयमा आवश्यक सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.