भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

तत्काल पानी पर्ने सम्भावना छैन्, तीन प्रदेशमा बादल

तत्काल पानी पर्ने सम्भावना छैन्, तीन प्रदेशमा बादल

काठमाण्डौ । तीन प्रदेशमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन प्रदेशमा बादल लागेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा बादल लागेको हो । तराई–मधेसका केही ठाउँमा हुस्सु छ । बुधबार दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।

कर्णाली, सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौमा बुधबार अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने अनुमान छ ।

कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा हिजो हल्का वर्षा भएको तर अबका तीन दिन बुधबार, विहीबार र शुक्रबार आंशिक रुपमा बादल लाग्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.