भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड

नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड

काठमाडौं । अमेरिकामा एकजनालाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको छ । अलाबामाका केनेथ यूजीन स्मिथलाई नाइट्रोजन ग्यास दिएर मृत्युदण्ड दिइएको हो ।

यो मृत्युदण्डको विधि अमेरिकामा पहिलो पटक प्रयोग गरिएको हो । ५८ वर्षीय स्मिथले सर्वोच्च अदालतमा दुई पटक अन्तिम अपील र एउटा संघीय पुनरावेदन अदालतमा मुद्दा हारेका थिए । ग्यास मृत्युदण्डलाई क्रूर र असामान्य सजाय भएको उनका वकिलको तर्क थियो ।

सन् २०२२ मा नै अलाबामाले स्मिथलाई घातक सुई लगाएर मृत्युदण्ड दिने प्रयास गरेकोमा त्यो असफल भएको थियो । उनलाई सन् १९८९ मा एक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्या अभियोगमा दोषी ठहर गरिएको थियो ।

मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने विश्वकै पहिलो व्यक्ति हुन् । अलाबामा र दुई अन्य अमेरिकी राज्यहरूले कार्यान्वयनको वैकल्पिक विधिको रूपमा नाइट्रोजन हाइपोक्सियाको प्रयोगलाई अनुमोदन गरेका छन् ।

सुईमार्फत दिने घातक औषधि फेला पार्न गाह्रो भएकोले नयाँ विधिका रुपमा नाइट्रोजन ग्यास विधि प्रयोगमा ल्याइएको बताइएको छ । फाँसीको साक्षी स्वरुप मिडियाका पाँच जनालाई पनि दण्ड गृहमा लगिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.