बागमतीमा गठबन्धनका चारै जना उमेदवार विजयी

बागमतीमा गठबन्धनका चारै जना उमेदवार विजयी

मकवानपुर । राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी विष्णुकुमारी पुडासैनीले छ हजार छ सय २२ मतभारत प्राप्त गरेर विजयी भएकी छन् ।

नेकपा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंले दुई हजार पाँच सय ५२ मतभार प्राप्त गरी पराजय भमेगे । दलिततर्फ नेकपा एकीकृत समाजवादीका धनश्याम रिजाल विश्वकर्मा विजयी भए ।

उनले छ हजार पाँच सय १२ मतभारत प्राप्त गर्दा नेकपा एमालेका ध्रुवराज विश्वकर्माले तीन हजार ५३ मतभारत प्राप्त गरे । अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेतले छ हजार पाँच सय ३१ मतभारत प्राप्त गरी विजयी हुँदा एमालेका त्रिलोचन निर्मल पौडेलले दुई हजार तीन सय ५९ मतभार प्राप्त गरे ।

अपाङ्गतातर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारीले छ हजार चार सय ३६ मतभार प्राप्त गरी विजय हुदा एमालेका विवेक देवकोटाले दुई हजार सात सय ३४ मतभार प्राप्त गरी पराजय भोगे ।

मतदानमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी तीन सय ४२ जनाले सहभागिता जनाएका थिए । तीन सय ४७ जना मतदाता रहेको बागमतीमा प्रदेशसभाका दुई र स्थानीय तहका तीनजना गरी पाँचजना प्रतिनिधिले भने मतदानमा भाग लिएनन् ।

 


Thali Mobile Pvt.Ltd.