युक्रेनको विपक्षमा पहिलो पटक अमेरिकाको मत

युक्रेनको विपक्षमा पहिलो पटक अमेरिकाको मत

काठमाडौँ । अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ। रुस र युक्रेनबिच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको हो ।

अमेरिकाले विपक्षमा मतदान गरेको छ भने इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गका छन् । प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो। संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन्।

संयुक्त राष्ट्र संघबाट सोमबार युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेको छ। प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन्।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्।

 


Thali Mobile Pvt.Ltd.