भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

नेमकिपाको महाधिवेशन नजिकिदै जादा विभिन्न ठाँउँमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना

नेमकिपाको महाधिवेशन नजिकिदै जादा विभिन्न ठाँउँमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष सुन्दरराज गोसाईले पार्टीको महाधिवेशन सफल पार्न सम्पूर्ण कामदार वर्गका जनतालाई अनुरोध गर्नुभएको छ ।

नेमकिपाको आठौं महाधिवेशनको प्रचारप्रसारार्थ सोमबार भक्तपुरको व्यासीमा भएको पार्टीका शुभेच्छुक, समर्थक एवं पार्टीका कार्यकर्ताहरूको भेलामा उहाँ उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाल मजदुर किसान पार्टीले समाजवादी आचरणलाई अनुसरण गर्दै देशभर निस्वार्थ रूपमा जनताको सेवा गरिरहेको बताउनुभयो ।

महाधिवेशनमा सहभागीबाट आएका पाहुनाहरूलाई विभिन्न जिल्लाबाट आएका पाहुनाहरूलाई आत्मीय स्वागत गर्न अनुरोध गर्नुभयो । भेलामा भक्तपुर नगर समितिका प्रतिनिधिले सम्मेलनको तयारीबारे जानकारी दिँदै सहभागी सम्पूर्णलाई खाना र आवासको व्यवस्थाको जिम्मा परेको बताउनुभयो ।

स्थापनाकालदेखि नेमकिपाले नेपाली भूमि अतिक्रमणको विरोधमा राष्ट्रघाती सम्झौताको विरोधमा निरन्तर सङ्घर्ष जारी राखेको छ । भक्तपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिप्रसाद बास्कलाले सम्पूर्ण वडावासीहरूलाई पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रममा रयाली सहित सहभागी हुन अनुरोध गर्नुभयो । टोलमा भइरहेको विकास निर्माणबारे जानकारी पनि दिनुभयो ।

बासु माविका पूर्व प्रचार्य प्राचार्य बालमुकुन्द बासुकलाले नेपाल मजदुर किसान पार्टीको स्थापनाको आधारबारे चर्चा गर्दै पार्टी स्थापना र शिक्षालाई सँगसँगै लगेको बताउनुभयो ।

उपाध्यक्ष राजकुमार लघुले महाधिवेशन सफल पार्न दाजुभाईहरूको आर्थिक भौतिक नैतिक सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा नेमकिपा २ वडा व्यासी एकाइका इन्चार्ज गणेशप्रसाद सुवालले फागुन १६, १७, १८, १९ गते हुने नेमकिपाको महाधिवेशन सफल पार्न अनुरोध गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.