भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

नगरप्रमुख वाईबाको नेतृत्वमा ८ सदस्यीय टोली जापान प्रस्थान

नगरप्रमुख वाईबाको नेतृत्वमा ८ सदस्यीय टोली जापान प्रस्थान

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाईवा नेतृत्वको ८ सदस्यीय टोली जापान प्रस्थानज गरेको छ । जापानको फुजिनोमिया नगरको औपचारिक निमन्त्रणामा नगर प्रमुख टोक बहादुरवाईबाको नेतृत्वमा ८ सदस्यीय टोली जापान प्रस्थान गरेको हो ।

भ्रमण दलमा उपप्रमुख विष्णुमणी नेपाल, वडा नम्बर ४ का अध्यक्ष मैते सिंह तामाङ, वडा नम्बर ६ का अध्यक्ष सोम प्रसाद ढकाल (कुमार), वडा नम्बर ८ का अध्यक्ष निरञ्जन विष्ट, लेखा अधिकृत पुरुषोत्तम बजगाई, योजना अधिकृत काशिनाथ नेपाल र स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरे रहेका छन् ।

जापान भ्रमणका क्रममा नगरपालिकालाई आर्थिक भार नपर्ने गरि भ्रमण तय गरिएको नगरपालिकाले जनाएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.