भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ओभरटेकका विषयमा पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

ओभरटेकका विषयमा पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

काठमाडौँ । झापामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री थापामाथि सुरुङ्गामा आक्रमण भएको हो।

उनी नेपाल प्रेस युनियन झापाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा आक्रमणमा परेका हुन । पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए।

आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ। विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन्।
आक्रमण गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेका छन्।

प्राधिकरणका चालक र सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । कच्ची बाटो रहेको र त्यहाँ ओभरटेकका विषयमा आक्रमण भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.