भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

नेपालकै ठूलो संरक्षण क्षेत्र अन्नपूर्ण

नेपालकै ठूलो संरक्षण क्षेत्र अन्नपूर्ण

काठमाडौं । नेपालकै ठूलो संरक्षण क्षेत्र हो अन्नपूर्ण क्षेत्र । अन्नपूर्ण हिमालसँगै यो संरक्षण क्षेत्रको अर्को परिचय हो पर्यटकीय । पश्चिम नेपालको गण्डकी प्रदेशको उत्तरी क्षेत्रमा पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र यसको क्षेत्रफल ७ हजार ६ सय २९ वर्ग किलोमिटर छ ।

यस संरक्षण क्षेत्रअन्तर्गत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू, संसारको सबैभन्दा गहिरो कालीगण्डकी नदीको खोच, नेपालको सबैभन्दा बढी तथा कम पानी पर्ने ठाउँहरू पर्छन् । यो नेपालको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थल पनि हो ।

कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको छ। स्थानीयको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट व्यवस्थापन र प्रवद्र्धन गरिएको संरक्षण क्षेत्र हो । यो क्षेत्रभित्र मुख्यगरी माछापुच्छ्रे र अन्नपूर्ण हिमाल, धौलागिरि, मनाङ र मुस्ताङ उपत्यकाहरू, गुरुङ र थकाली संस्कृतिहरू, विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्गलगायत छन् ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अविस्मरणीय सुन्दर प्राकृतिक दृश्यहरूको दृश्यावलोकन गरेर आन्नद लिने तथा यहाँको पर्यटन उद्योगको विकासमा पनि ठूलै योगदान गरेको छ ।

यो संरक्षण क्षेत्र हिउँ चितुवा, कस्तुरी मृग, चिरु, तिब्बतीय गधा, तिब्बतीय खरायो, नाउरजस्ता विभिन्न जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । मुक्तिनाथ र दामोदर कुण्डजस्ता प्रख्यात धार्मिक क्षेत्र तथा लोमाङथाङजस्ता सांस्कृतिक धरोहर पनि यही क्षेत्रअन्तर्गत नै अवस्थित छन् ।

 


Thali Mobile Pvt.Ltd.