भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकारी निकाय, सरोकारवाला संस्था तथा अपाङ्गता क्षेत्रमा सक्रिय संघ–संस्थाले विविध जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन् । संयुक्त राष्ट्रसंघले सन १९९२ देखि हरेक डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता र समावेशिता प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन सुरु गरेको हो ।

यस वर्षको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ निर्धारण गरिएको छ । दिवसले समाजका सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको हक, समान पहुँच, सम्मान र अवसर सुनिश्चिततासम्बन्धी सामूहिक प्रतिवद्धता पुनः स्मरण गराएको छ ।

कार्यालय, विद्यालय, सार्वजनिक यातायात, सडक, पार्क, मठ–मन्दिर तथा निजी–सार्वजनिक संरचनामा मैत्रीपूर्ण भौतिक पहुँच र आवश्यक सुविधा सुनिश्चित गर्नुपर्ने माग निरन्तर उठ्दै आएको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादापूर्ण जीवन र समान सार्वजनिक सेवा पहुँचको हक प्रत्याभूत गरे पनि व्यवहारमा पूर्ण कार्यान्वयन हुनुपर्ने आवाज अझै सशक्त रूपमा उठिरहेकै छ ।

 


Thali Mobile Pvt.Ltd.