नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी आईजीको दर्ज्यानी चिन्ह प्रदान
गृहसचिव राजकुमार श्रेष्ठले चिन्ह प्रदान गरे
राजु अर्याल अवकाशपछि पौडेल नियुक्त
आईजीको कार्यकाल ४ वर्ष रहने व्यवस्था
अर्याल र पौडेल ब्याचमेट हुन्
काठमाडौँ, २१ बैशाख । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। सोमबार गृहसचिव राजकुमार श्रेष्ठ ले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सरकारले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई सशस्त्र प्रहरी बलको आईजीमा नियुक्त गरेको थियो। यसअघि आईजी रहेका राजु अर्याल अवकाशमा गएपछि पौडेललाई उक्त जिम्मेवारी दिइएको हो।
अर्याल र पौडेल ब्याचमेट हुन्। अर्यालले २०७९ वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बलको कमान्ड सम्हालेका थिए र चार वर्षे सेवा अवधि पूरा गरेर अवकाश प्राप्त गरेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल मा आईजीको पदावधि चार वर्ष रहने व्यवस्था छ। अर्याल २०५४ साल चैत १८ गते इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए र पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए।
