भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घुस लिएको आरोपमा इन्जिनियर बरालसहित सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तीनै जनाको मिलेमतोमा सेवाग्राहीबाट घुस लिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । बरालले दुई लाख आफ्नै नाममा रहेको बैँक खातामा जम्मा गरेको र बाँकी घुस रकम सबइन्जिनियर रोकायासमेतको निर्देशन अनुसार एक लाख ५० हजार कन्सल्टेन्सीका कुँवरले सेवाग्राहीबाट बुझिएको प्रवक्ता घिमिरेले बताए ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा १ अनुसार बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारको पोखरा कार्यालयको टोलीले गत चैत २८ गते घुससहित नियन्त्रणमा लिएको थियो।

 


Thali Mobile Pvt.Ltd.