भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जिल्ला प्रशासनकोसहित चार सय बिघा सार्वजनिक जग्गा अतिक्रमण

जिल्ला प्रशासनकोसहित चार सय बिघा सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौं । दाङमा करिब चार सय बिघा सार्वजनिक जग्गा अतिक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालयको करिब एक बिघा जग्गा पनि अतिक्रमणमा परेको हो ।

प्रशासनको १३ बिघा १४ कठ्ठा जग्गामध्ये करिब एक बिघा जग्गा अतिक्रमणमा परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए ।

घोराही उपमहानगरपालिका– १४ अन्तर्गत कपासीमा रहेको प्रशासनको जग्गासहित नेपाल संस्कृत विश्व विद्यालय, महेन्द्र बहुमुखी क्याम्पस र सार्वजनिक विद्यालयहरूको जग्गा बढी अतिक्रमणमा परेका छन् ।

अधिकांश अतिक्रमण व्यक्तिले गरेको प्रशासन कार्यालयले जनाएको छ । कति सुकुम्बारी हुन्, कति हुकुमवासी हुन्, यसबारे प्रशासनले विवरण तयार गर्ने जनाएको छ । कानुनी प्रक्रिया पुरा गरेर बसेका थिए वा थिएनन् भन्ने विषयमा प्रशासनले अनुसन्धान गरिरहेको छ ।

अतिक्रमित जग्गामा घरहरू बनाएर मानिसहरू बसोबास गर्नेदेखि पार्क निर्माण गर्नेसम्मका काम भएको छ । सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्य अनुसार प्रशासन कार्यालयले जिल्लाका अन्य स्थानमा रहेका सार्वजनिक जग्गाको पनि खोजी कार्य गरिरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.