भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाबालिकालाई यौन क्रियाकलापमा लगाएपछि महिला पक्राउ

नाबालिकालाई यौन क्रियाकलापमा लगाएपछि महिला पक्राउ

काठमाडौं । मित्रपार्क स्थित ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’ सञ्चालक महिलाले नाबालिकालाई यौन क्रियाकलापमा लगाएर पैसा उठाउने गरेको पाइएको छ । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरको छ ।

दोलखा जिरी नगरपालिका ९ बस्‍ने २५ वर्षीया श्रृजना तामाङ घिसिङ (मञ्जु)र नुवाकोट बलकोटगढी नगरपालिका–४ बस्‍ने २६ वर्षीया निशा नेपालीलाई पक्राउ गरेको हो । उनीहरुलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले मित्रपार्कबाट पक्राउ परेको हो ।

आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम भन्दै जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको पाइएको छ । दैनिक ५ देखि १५ जना ग्राहकसँग यौन सम्पर्क गर्न लगाएर रेष्टुरेन्ट सञ्चालकले रकम उठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ग्राहकले दिएकोमध्ये आधा रकम नाबालिकालाई दिने प्रलोभन देखाए पनि उक्त रकम समेत उनीहरुले नदिने गरेको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

 


Thali Mobile Pvt.Ltd.