भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन सय ९६ घण्टाको बैठकमा साढे ७ करोड स्वाम

तीन सय ९६ घण्टाको बैठकमा साढे ७ करोड स्वाम

काठमाडौं । संसद्का दुवै सदनका गरी ३ सय ९६ घण्टा चलेको आर्थिक वर्ष २०७९, ०८० को बैठकमा भत्ताबापत राज्यकोषबाट साढे ७ करोड रुपैयाँ खर्च भएको छ । प्रतिनिधिसभा २०७९ को प्रथम अधिवेशन १ सय १० दिन चालु रहेकोमा २९ दिनमा जम्मा २८ पटक बैठक बसेर उक्त भत्ता स्वाम पारिएको हो ।

दोस्रो अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ६९ दिनमा ६५ पटक बैठक बसेको थियो । प्रतिनिधिसभा बैठक उक्त वर्ष कुल २ सय ९६ घण्टा ३० मिनेट बसेको थियो । राष्ट्रिय सभातर्फ १३औं अधिवेशन १ सय १० दिन चालु रहेकोमा १८ दिनमा १९ पटक र १४औं अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ३९ दिनमा ४८ पटक बैठक बसेको थियो ।

कुल १ सय घण्टा ६ मिनेट बसेको पाइएको छ । यसरी प्रतिनिधिसभाको प्रथम र दोस्रो अधिवेशन र राष्ट्रिय सभाको १३औं र १४औं अधिवेशनको बैठक भत्ताबापत ७ करोड ५६ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.