भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अर्घाखाँचीमा चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन, ३३ बचेरा उड्न सफल

अर्घाखाँचीमा चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन, ३३ बचेरा उड्न सफल

अर्घाखाँची, १३ असार । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ। यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्।

गिद्धविज्ञ कृष्ण भुसालका अनुसार यस वर्ष जिल्लाका विभिन्न क्षेत्रमा रहेका गुँडबाट ३३ वटा बचेरा सफलतापूर्वक उड्न सफल भएका छन्।

छत्रदेव गाउँपालिकाको वन क्षेत्रमा विश्वमै अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएकामा १५ वटा गुँडबाट बचेरा सफलतापूर्वक उडेका छन्।

यस्तै, मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए। तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन्।

भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन्। असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख–जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ।

यसैबीच, विश्वमै दुर्लभ सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा गुँड बनाएर अहिले बचेरा हुर्काइरहेको छ।

यस प्रजातिको प्रजनन अन्य गिद्धको तुलनामा केही ढिलो हुने भएकाले अझै बचेरा हुर्काउने क्रम जारी रहेको जनाइएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काका अनुसार उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता र स्थानीय समुदायको सक्रिय सहभागिताले गिद्ध संरक्षणमा उल्लेखनीय सफलता मिलेको हो।

 


Thali Mobile Pvt.Ltd.