भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वकपमा सेनेगलको शानदार जित, इराकलाई ५–० ले पराजित

विश्वकपमा सेनेगलको शानदार जित, इराकलाई ५–० ले पराजित

काठमाडौं, १३ असार। फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

यस जितसँगै समूह ‘आई’ मा तीन खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा पुगेको छ। समूहबाट फ्रान्स र नर्वे भने यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन्।

गोलअन्तर सुधार गरेको सेनेगल उत्कृष्ट तेस्रो हुने आठ टोलीमध्ये एकका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। यद्यपि, त्यसका लागि अन्य समूहका खेलको नतिजामा पनि भर पर्नुपर्नेछ।

सेनेगलका लागि पापे गइएले दुई गोल गरे भने हबिब डियरा, इस्माइला सार र इलिमान एनडिएले समान एक–एक गोल थपे। यससँगै सेनेगल विश्वकपको एकै खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ।

यता, समूह ‘एच’ अन्तर्गत केप भर्डे र साउदी अरेबिया तथा उरुग्वे र स्पेनबीच खेल जारी छ। हाल स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ भने उरुग्वे २ अंकसहित दोस्रो, केप भर्डे तेस्रो र साउदी अरेबिया १ अंकसहित चौथो स्थानमा रहेका छन्।

त्यसैगरी, समूह ‘जी’ अन्तर्गत न्युजिल्यान्ड–बेल्जियम तथा इजिप्ट–इरानबीचका खेल पनि निर्धारित समयअनुसार हुँदैछन्।

 


Thali Mobile Pvt.Ltd.