भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

८ करोड ७८ लाख रुपैयाँ अपचलन आरोपमा कर्मा छिरिङ शेर्पा पक्राउ

८ करोड ७८ लाख रुपैयाँ अपचलन आरोपमा कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं, १३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पक्राउ गरेको छ।

सीआईबीको टोलीले शेर्पालाई शुक्रबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित गणेश चोकबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रपञ्चमार्फत व्यक्तिगत लाभ लिँदै विद्यालयलाई आर्थिक क्षति पुर्‍याएको आरोप लागेको छ।

अनुसन्धानका क्रममा भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वको कम्पनीमा बिक्री गरेको तथ्यसमेत फेला परेको सीआईबीले जनाएको छ।

हाल शेर्पामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.