भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

८ करोड ७८ लाख रुपैयाँ अपचलन आरोपमा कर्मा छिरिङ शेर्पा पक्राउ

८ करोड ७८ लाख रुपैयाँ अपचलन आरोपमा कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं, १३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पक्राउ गरेको छ।

सीआईबीको टोलीले शेर्पालाई शुक्रबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित गणेश चोकबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रपञ्चमार्फत व्यक्तिगत लाभ लिँदै विद्यालयलाई आर्थिक क्षति पुर्‍याएको आरोप लागेको छ।

अनुसन्धानका क्रममा भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वको कम्पनीमा बिक्री गरेको तथ्यसमेत फेला परेको सीआईबीले जनाएको छ।

हाल शेर्पामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.