भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह

पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौं, ९ असाेज । नेपालमा मौसम फेरि सक्रिय बन्दै गएको छ। न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको र पश्चिमी भूभागमा आगामी दुई दिन वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। विभागको पछिल्लो मौसम सूचनाअनुसार पश्चिम नेपालका केही क्षेत्रमा वर्षाको सम्भावना उच्च रहेको छ।

मौसम प्रणालीको प्रभावका कारण विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान गरिएको छ। पश्चिमतर्फ वर्षाको गतिविधि बढ्दा नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै कमजोर भौगोलिक क्षेत्रमा पहिरो र डुबानको जोखिमसमेत बढ्न सक्छ।

पछिल्ला दिनमा लगातार वर्षा भएका क्षेत्रको जमिन गलेका कारण थप वर्षा हुँदा पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम अझ बढ्न सक्ने देखिएको छ। सडक तथा राजमार्गमा समेत पहिरो र गेग्रान खस्ने सम्भावना रहेकाले लामो दूरीको यात्रा गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ।

मौसम प्रणाली परिवर्तनशील रहेकाले विभागले नियमित रूपमा मौसमको अवस्था अनुगमन गर्दै पूर्वानुमान तथा चेतावनी अद्यावधिक गरिरहेको छ। विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

विशेषगरी नदी तथा खोलाको आसपास, पहिरोको जोखिम भएका बस्ती र कमजोर सडकखण्डमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम तथा स्थानीय प्रशासनको सूचना हेरेर मात्रै यात्रा गर्नुपर्ने देखिन्छ।

मौसमसम्बन्धी आधिकारिक सूचना तथा चेतावनीका लागि नेपाल मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट हेर्न सकिन्छ। विभागले बाढी तथा चरम मौसमसम्बन्धी जानकारीका लागि टोल-फ्री नम्बर ११५५ समेत उपलब्ध गराएको छ।

 


Thali Mobile Pvt.Ltd.