भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सशस्त्र प्रहरी बलले सुरु गर्‍यो देशव्यापी विपद् पूर्वतयारी अभियान

सशस्त्र प्रहरी बलले सुरु गर्‍यो देशव्यापी विपद् पूर्वतयारी अभियान

काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले मनसुनजन्य सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन देशव्यापी पूर्वतयारी सुरु गरेको छ। विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको एपीएफले यस वर्ष मनसुन सुरुभएसँगै विपद् सचेतना, उद्धार तालिम र आवश्यक उपकरण व्यवस्थापन अभियानलाई तीव्रता दिएको हो।

टोलटोलमा विपद् सूचक राख्ने, प्रत्येक युनिटमा आधारभूत उद्धार सामग्री व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गर्ने योजना रहेकाे सहप्रवक्ता शैलेन्द्र थापाले जनाकारी दिए । यसैअनुसार “विपद् जनचेतना रेस्पोन्स पट्रोल” देशभर सञ्चालन गरिएको छ।

एपीएफले मंगलबार हलचोकस्थित प्रधान कार्यालयमा उपत्यकाका सबै युनिट कमाण्डर, अधिकृतहरू र फिल्डमा खटिने सुरक्षाकर्मीहरूबीच समन्वय बैठक गरेको थियो। बैठकमा अघिल्ला वर्षहरूका अनुभव, कमजोरी र सुधारका उपायबारे छलफल गरिएको थियो।

सशस्त्र प्रहरी बलसँग हाल २,४८५ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति, १०८ जना गोताखोर, ३३ वटा मोटरबोट र ९१ वटा र्‍याफ्ट बोट तयारी अवस्थामा छन्। यस्तै १३ वटा हेभी उपकरण (डोजर, लोडर, एक्साभेटर) र २८ वटा डिजास्टर रिलिफ सिस्टम (DRS) कन्टेनर विभिन्न युनिटमा परिचालनको लागि तयार राखिएको छ।

मनसुन पूर्व तयारी अन्तर्गत १५ दिने अनिवार्य विपद् व्यवस्थापन तालिमलाई प्रत्येक दर्जाको आधारभूत तालिममा समावेश गरिने भएको छ। साथै साधन स्रोतका आधारमा युनिटहरूलाई तीन तहमा वर्गीकरण गरिँदै, आवश्यक उपकरण अभाव भएका युनिटमा तत्काल आपूर्ति गरिने एपीएफले जनाएको छ।

सशस्त्र प्रहरी बलका प्रमुख विपद् व्यवस्थापन संरचना अन्तर्गत कुरिनटारमा तालिम शिक्षालय, सिन्धुलीको खुर्कोट, डडेलधुराको अमरगढी, धनकुटा, दाङ, मकवानपुर, म्याग्दी लगायतका जिल्लामा विशेष विपद् व्यवस्थापन वेश स्थापना गरिएको छ।

विपद् व्यवस्थापनको प्रभावकारितालाई थप सुदृढ बनाउन सशस्त्र प्रहरी बलले स्थानीय तहसँग समन्वय गर्दै वडा–वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र आवश्यक परेमा पूर्व कर्मचारीलाई समेत परिचालन गर्ने तयारी गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.