भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

‘लाइट स्टोन’ देखाएर १० लाख ठग्ने ३ जना पक्राउ

‘लाइट स्टोन’ देखाएर १० लाख ठग्ने ३ जना पक्राउ

भक्तपुर । ‘लाइट स्टोन’मा लगानी गर्ने भन्दै १० लाख रुपैयाँ सङ्कलन गरेर भागेका तीन जना पक्राउ परेका छन् । दोलखाको भीमेश्वर नगरपालिकाका अम्मरबहादुर तामाङ, नुवाकोटको शिवपुरि गाउँपालिकाका दिलबहादुर दमाई र नुवाकोटकै दुप्चेश्वर नगरपालिकाका सुनिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४ वटा विभिन्‍न सकम्पनीका मोबाइल, विभिन्न बैंकको चेकबुक बरामद गरेको छ ।

दोलखाका भीमबहादुर कार्कीलगायत अन्य व्यक्तिसँग अम्मरबहादुरले ‘लाइट स्टोन’मा लगानी गरेमा फाइदा हुन्छ भनी प्रलोभन देखाएर १० लाख रुपैयाँ उठाएर भागेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.