भक्तपुर । ‘लाइट स्टोन’मा लगानी गर्ने भन्दै १० लाख रुपैयाँ सङ्कलन गरेर भागेका तीन जना पक्राउ परेका छन् । दोलखाको भीमेश्वर नगरपालिकाका अम्मरबहादुर तामाङ, नुवाकोटको शिवपुरि गाउँपालिकाका दिलबहादुर दमाई र नुवाकोटकै दुप्चेश्वर नगरपालिकाका सुनिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४ वटा विभिन्न सकम्पनीका मोबाइल, विभिन्न बैंकको चेकबुक बरामद गरेको छ ।
दोलखाका भीमबहादुर कार्कीलगायत अन्य व्यक्तिसँग अम्मरबहादुरले ‘लाइट स्टोन’मा लगानी गरेमा फाइदा हुन्छ भनी प्रलोभन देखाएर १० लाख रुपैयाँ उठाएर भागेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...
काठमाडौं । ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको...
बाँके । बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस...
काठमाडौं । सात करोड ८७ लाख रुपैयाँ ठगी आरोपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले शंखपार्कबाट...