भर्खरै : Sorry, your browser does not support inline SVG.

ब्याज अनुदानबापतको एक खर्ब ३८ अर्ब रुपैयाँ कर्जा बक्यौता बाँकी

ब्याज अनुदानबापतको एक खर्ब ३८ अर्ब रुपैयाँ कर्जा बक्यौता बाँकी

काठमाडौं । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानबापतको एक खर्ब ३८ अर्ब रुपैयाँ कर्जा बक्यौता बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको वैशाखसम्म एक लाख २६ हजार एक सय ९१ जना ऋणीलाई प्रवाह भएको एक खर्ब ३८ अर्ब ७१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६३ जना ऋणीलाई प्रवाह भएको ९४ अर्ब चार करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यस्तै महिला उद्यमशील कर्जाअन्तर्गत ७४ हजार नौ सय ४२ जना महिला उद्यमीलाई प्रवाह भएको ४२ अर्ब ८७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिएका एक सय १९ जनालाई प्रवाह भएको दुई करोड ४० लाख ६० हजार, वैदेशिक रोजगारीबाट फर्किएका सात सय ९५ जनालाई प्रवाह भएको २९ करोड रुपैयाँ, दलित समुदाय व्यवसाय विकासतर्फ आठ सय ८३ जनालाई प्रवाह भएको ३१ करोड ७० लाख र प्राविधिक शिक्षा पढ्न ऋण लिएका एक सय पाँच जनाको दुई करोड ५० लाख रुपैयाँ कर्जा बक्यौता बाँकी रहेको छ ।

सरकारको नीतिअनुसार नेपाल राष्ट्र बैंकले २०७५ सालमा सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा दिनुपर्ने गरी कार्यविधि बनाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.