भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चितुवाको छाला भारतबाट नेपाल हुँदै चीन तस्करी गर्न खोज्ने भारतीय पक्राउ

चितुवाको छाला भारतबाट नेपाल हुँदै चीन तस्करी गर्न खोज्ने भारतीय पक्राउ

काठमाडौं । भारतबाट नेपाल हुँदै चीन तस्करी गर्न लागिएको चितुवाको छालासहित एक भारतीय पक्राउ परेका छन् । चम्पावत जिल्लाको देभधुरा फरेस्ट रेन्जबाट शुक्रबार उनी पक्राउ परेको जनाइएको छ ।

भारतमा सो छाला सहित पक्राउ परेका व्यक्ति ३० वर्षीय आनन्द गिरी भएको बताइएको छ । गिरीले करिब दुई वर्षअघि दुईवटा चितुवा मारेको स्वीकार गरेको भारतीय प्रहरीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

स्थानीय प्रहरी एसएसपी आयुष अग्रवालका अनुसार चितुवाको छाला किन्ने उत्तराखण्ड राज्य बाहिरको रहेको जनाउँदै अनुसन्धानका क्रममा क्रेता नेपालको हुन सक्ने र सो छाला चीन तस्करी गर्न लागिएको हुन सक्ने जनाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.