भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

डिजल र पेट्रोलको आयात बढ्यो, हवाई इन्धन र ग्यासको आयात घट्यो

डिजल र पेट्रोलको आयात बढ्यो, हवाई इन्धन र ग्यासको आयात घट्यो

वीरगञ्ज । खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनमा कमी आएको छ। मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने इन्धनमा कमी आएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रूपमा उपयोग हुने डिजल र पेट्रोलको आयात बढेको छ ।

गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो। आव २०७९।८० मा वीरगञ्ज नाकाबाट रु ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार २८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको हो । ११ हजार २३८ मेट्रिकटन कम ग्यास आयात भएको हो।

आव २०७९।८० मा रु। एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार ५०६ केल डिजल र रु। ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार ७११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा रु। एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार ५२० केल डिजल र रु। ३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार ७२३ केल पेट्रोल आयात भएको छ ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिल्लो आवमा वीरगञ्ज नाकाबाट रु। १७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार १४४ किलोलिटर ९केल० हवाई इन्धन आयात भएकामा गत आवमा रु। १८ अर्ब २१ करोडको एक लाख ७३ हजार ४८४ केल आयात भएको छ। वीरगञ्ज नाकाबाट आव २०७९।८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.