भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

हतियार सहित एक जना पक्राउ

हतियार सहित एक जना पक्राउ

सर्लाही । बोहोरेडाँडाबाट पेस्तोलसहित एक जना पक्राउ गरेको छ। प्रहरीले सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५ स्थानीय ५० वर्षीय रामलाल मोक्तान रहेका छन्। लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए। मोक्तानले आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ। 

 


Thali Mobile Pvt.Ltd.