भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध | कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता | इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा | जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला |

मुस्ताङमा सडक सहज हुँदा हवाई उडानको सङ्ख्या घट्यो

मुस्ताङ , चैत २५। मुस्ताङमा राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि पोखरा–जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ ।पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्डयन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल घटेको हो ।राष्ट्रिय राजमार्ग शुरू हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन ।

कोरला सडकअन्तर्गत म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ । सडक कालोपत्र भएर सहज भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घटेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिनुभयो ।अहिले दैनिक पोखरा – जोमसोम हवाई उडान दैनिक ५र६ वटा मात्रै हुने गरेको । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ । यसअघि दैनिक १८ वटासम्म हवाई उडान हुने गरेको थियो ।

यस्तै हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि यो समयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनको भनाइ छ ।सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र गाडी पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।पोखरा – जोमसोम हवाई मार्गमा दुर्घटना भइरहने भएकाले पनि पोखरा जोमसोम हवाई उडान घटेको हुनसक्ने अनुमान छ ।रासस

 


Thali Mobile Pvt.Ltd.