भर्खरै : Sorry, your browser does not support inline SVG.

लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेपछि मानिसहरु सुरक्षित स्थानमा सारिए

लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेपछि मानिसहरु सुरक्षित स्थानमा सारिए

एजेन्सी । अमेरिकामा आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको हो । आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि झण्डै १९ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

यसअघि एक हप्ताभन्दा लामो समयदेखि लागेको आगो निभाउन अझै दमकल प्रयोग गरेर नियन्त्रण गर्ने प्रयास भइरहेको छ । यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।

आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।

आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र गतिको हावा र सुक्खा झाडीहरूले आगो फैलाउन मद्दत गरिरहेको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.