भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेपछि मानिसहरु सुरक्षित स्थानमा सारिए

लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेपछि मानिसहरु सुरक्षित स्थानमा सारिए

एजेन्सी । अमेरिकामा आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको हो । आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि झण्डै १९ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

यसअघि एक हप्ताभन्दा लामो समयदेखि लागेको आगो निभाउन अझै दमकल प्रयोग गरेर नियन्त्रण गर्ने प्रयास भइरहेको छ । यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।

आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।

आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र गतिको हावा र सुक्खा झाडीहरूले आगो फैलाउन मद्दत गरिरहेको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.