भक्तपुर । आपसी सहयोग केन्द्र (आस्क नेपाल) काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रम परियोजनाको प्रगति समिक्षा तथा सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ र काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. २ स्थित नगरकोटमा संयुक्त रुपमा सम्पन्न समिक्षामा किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समिक्षामा किसानहरुले यो अवधिमा करिब एक करोड बराबरको तरकारी विक्रि गरेको बताएका छन् । किसानको ढुवानी समस्या उजागर भएपछि मण्डनदेउपुर नगरपालिकाले उनीहरुलाई प्रत्यक शुक्रबार कृषि एम्बुलेन्समार्फत निःशुल्क ढुवानी गरिदिने भएको छ । यसबाट चाँगुनारायण नगरपालिका ६ र मण्डनदेउपुर नगरपालिकाका किसानले उत्पादन गरेको कृषि उपज ढुवानीका लागि सहज हुने भएको किसानले बताएका छन् ।
अर्गानिक उत्पादनलाई जोड दिएर किसानलाई सहयोग गर्दै आएको आपसी सहयोग केन्द्र (आस्क नेपाल) ले यहाँका किसानलाई उत्पादनका लागि पहिले तालिम र अहिले उत्पादित कृषि उपजको बजारीकरणमा मात्रै होइन आवश्यक आर्थिक कोषमा समेत सहयोग गरेकोमा किसानहरु हर्षित भएका छन् ।
पर्यटकीय क्षेत्र नगरकोटमा लाग्ने शुक्रबारीय हाटबजारमा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन ढुवानीमा धेरै समस्या झेलेको विषय उठाएपछि नगरपालिकाको तर्फबाट प्रत्यक शुक्रबार निःशुल्क कृषि एम्बुलेन्स सञ्चालन गर्ने मण्डन देउपुरका नगर प्रमुख टोपबहादुर वाइबाले बताए । उत्पादन गरेको ताजा तरकारी, आलु, फलफूल, दूध लगायतका कृषि उत्पादनको बजारीकरणमा कृषि एम्बुलेन्सको व्यवस्थाले दुरदराजका किसानलाई समेत फाइदा पुग्ने विश्वास लिइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा सहयोग गरेको छ भने आस्क नेपालले विउ विजन, कम्पोष्ट मल, पोलिहाउस तथा आर्थिक कोष वृद्धि गरेर किसानलाई आत्मनिर्भर बनाउँन थालिएको आपसी सहयोग केन्द्रले जनाएको छ । यसरी पालिकाको दुर्गम भेगमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा खेपेको हैरानी र बाँझै रहेका खेतहरु ऋहिले तरकारीले भरिभराउ हुनुमा आस्क नेपालको ठूलो हात रहेको छ ।
पालिकाका विभिन्न वडामा पुगेर किसानले कस्तो उत्पादन गरिरहेका छन् ? माटोको अवस्था कस्तो छ ? कृषि उपजलाई अझ फलदायि कसरी गर्न सकिन्छ र उत्पादित कृषिउपजको बजारीकरणमा कसरी टेवा पु¥याउन सकिन्छ भनेर आस्क नेपाल लागि परेको छ । नगरकोटमा लाग्ने हाटबजारले किसानलाई फाइदा पुगेको छ भने तरकारीमा विचौलियाको अन्त्य भएको छ । यसबाट उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो भएको छ ।
विक्रि नभएको तरकारी व्यवस्थापनका लागि चिस्यान केन्द्रको स्थापना गरिएको छ भने विक्रि नभएर खेर जान्छ कि भन्ने चिन्ताबाट किसानहरु मुक्त भएका छन् भने आस्क नेपालको यो परियोजना समापन हुने कुराले भने चिन्तित बनेका छन् । तर समिक्षा गहन र खोजमुलक भएकोप्रति सरोकारलाले भने खुसीहुदै धन्यवाद दिएका छन् । कार्यक्रमा काभ्रे मण्डनदेउपुर नगर प्रमुख टोपबहादुर वाइवा, उपप्रमुख विष्णुमणी नेपाल,
प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, प्रवक्ता पुरुषोत्तम बजगाई, वडाध्यक्ष मैतेसिंह तामाङ, राजकुमार मल्ल, चाँगु वडा नं ६ का वडाध्यक्ष धन बहादुर लामा, राजेन्द्र तामाङ, नगरकोट नाल्दुम पर्यटन विकास समिति अध्यक्ष नबिन गुरुङ, त्रिकोण डेनमार्क सेयोजक रविन बोगटी, आस्क नेपालका कार्यकारी निर्देशक हरीप्रसाद ढकाल, आस्क नेपालका शाखा प्रबन्धक बद्री प्रसाद माक, बालुवा मावि विद्यालय व्यवस्थापन समितिका कमल वाहादुर तामाङ,
द्धारपालेश्वर माविका शिव प्रसाद वजगाई, पिजिएस प्रमाणीकरण कृषक समूह अध्यक्ष प्रेम प्रसाद तिमन्सिना, पत्रकार र कृषक समूहको सहभागिता रहेको थियो । कार्यक्रम संचालन एवं परियोजनाको प्रगति प्रस्तुतीकरण आस्कका कार्यक्रम प्रवन्धक प्रल्हाद तिमिल्सिनाले गरेका थिए भने सहजीकरण प्रमिला लामाले गरेकी थिइन् ।

