भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् । महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत आज राष्ट्रपति पौडेल दरबार स्क्वायर क्षेत्र पुगेका हुन ।

सो क्रममा उनले आम नागरिकसँग संवाद गर्ने भनिएपनि त्यस्तो कार्यक्रम हुन पाएन । राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा स्थानीयबासी र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले दरबारस्वायर, राष्ट्रिय कला संग्राहलय, पुरात्वातिक क्षेत्र, पाँचतले मन्दिर र भैरबनाथको मन्दिर पुगेर दर्शन गरेका थिए । करिब २ घण्टा उनले सम्पदा क्षेत्रको अवलोकन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.