भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् । महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत आज राष्ट्रपति पौडेल दरबार स्क्वायर क्षेत्र पुगेका हुन ।

सो क्रममा उनले आम नागरिकसँग संवाद गर्ने भनिएपनि त्यस्तो कार्यक्रम हुन पाएन । राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा स्थानीयबासी र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले दरबारस्वायर, राष्ट्रिय कला संग्राहलय, पुरात्वातिक क्षेत्र, पाँचतले मन्दिर र भैरबनाथको मन्दिर पुगेर दर्शन गरेका थिए । करिब २ घण्टा उनले सम्पदा क्षेत्रको अवलोकन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.