भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

संविधान दिवसका दिन अस्पतालमा परीक्षण र आकस्मिक टिकट निःशुल्क

संविधान दिवसका दिन अस्पतालमा परीक्षण र आकस्मिक टिकट निःशुल्क

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ । आजदेखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउन लागेको हो ।

तीन दिनसम्म प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य परिक्षण, रक्तदान लगायत कार्यक्रम हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । ‘आज संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती’ विषयमा विज्ञसंग छलफल हुँदैछ ।

प्रदेश राजधानी परिसरमा कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसकै अवसरमा १२ वटा जिल्ला अस्पतालहरुमा विरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने भएको छ । आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरण्डामा दिपावली गर्न पनि सरकारले आह्वान गरेको छ ।

असोज ३ गते संविधान दिवसको मुल समारोह अन्तर्गत प्रदेश राजधानीमा विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरी आयोजना गरिएको छ । असोज ४ गते प्रदेश सरकारका मन्त्रालय र निर्देशनालय तथा सरोकारवालाहरुको समन्वयमा वृहत वृक्षारोपण कार्यक्रम गरिने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट मनाउन आह्वान गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.