भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सोह्र श्राद्ध शुरुः पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा

सोह्र श्राद्ध शुरुः पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा image

काठमाडौं । प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ । अर्थात सोह्र श्राद्ध शुरु भएको छ । बुधबार पूर्णिमा तिथि ८ः४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ ।

वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन्। यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ । आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् ।

तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ । यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ । असोज १६ गते औँसी श्राद्ध गरेपछि सोह्र श्राद्ध सम्पन्न हुनेछ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.