भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार समूहबीच आज पार्टी एकता घोषणा गर्दै

बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार समूहबीच आज पार्टी एकता घोषणा गर्दै

काठमाडौँ,  ७ मंसिर । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतका घटकहरूले आज पार्टी एकता घोषणा हुँदैछ । 

एकता घोषणासभा काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुँदै छ । जसको सम्पूर्ण तयारी पूरा भएको नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिएकी छन् । उनले तीन समूह बाहेक अन्य वैकल्पिक धारका समूहहरूलाई पनि आजकै घोषणासभामार्फत एकतामा सहभागी गराउने प्रयास भइरहेको बताएकी छन् । यसअघि नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

नयाँ शक्ति पार्टीले हाल विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीसँग सम्बन्धित विभिन्न समूहलगायत अन्य वैकल्पिक शक्तिसँग समेत एकता र सहकार्यका लागि छलफल जारी राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.