भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार समूहबीच आज पार्टी एकता घोषणा गर्दै

बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार समूहबीच आज पार्टी एकता घोषणा गर्दै

काठमाडौँ,  ७ मंसिर । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतका घटकहरूले आज पार्टी एकता घोषणा हुँदैछ । 

एकता घोषणासभा काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुँदै छ । जसको सम्पूर्ण तयारी पूरा भएको नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिएकी छन् । उनले तीन समूह बाहेक अन्य वैकल्पिक धारका समूहहरूलाई पनि आजकै घोषणासभामार्फत एकतामा सहभागी गराउने प्रयास भइरहेको बताएकी छन् । यसअघि नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

नयाँ शक्ति पार्टीले हाल विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीसँग सम्बन्धित विभिन्न समूहलगायत अन्य वैकल्पिक शक्तिसँग समेत एकता र सहकार्यका लागि छलफल जारी राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.