भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सालनालसहितको शिशु घारीमा छोडेर आमा बेपत्ता, खोजीकार्य तीव्र

सालनालसहितको शिशु घारीमा छोडेर आमा बेपत्ता, खोजीकार्य तीव्र

झापा । सालनाल सहितको नवजात शिशु भेटिएको छ । मेचीनगर नगरपालिका – १० स्थित निन्दा खोला नजिकै घारीमा सालनाल सहितको नवजात शिशु ९छोरी०जिवितै भेटिएको हो ।

बिहिबार बिहान ६ः३० बजेको समयमा कमिलाले टोकी रहेको अवस्थामा मेचीनगर –११ बस्ने ३७ बर्षकी इन्दिरा प्रसाईले मर्निङ्ग वाक गर्ने क्रममा नवजात शिशु फेला पारेकी थिइन् । अधिकारीले तत्काल शिशुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई प्रहरीको जिम्मा लगाएकी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले बताए ।

शिशुको अवस्था सामान्य रहेको र मेचीनगर नगरपालिका वडा नं १० कार्यालयसँग समन्वय गरी वडा कार्यालयलाई जिम्मा लगाएको प्रवक्ता चन्दले बताए । नवजात शिशु फाल्ने आमाको खोजीकार्य तीव्र पारीएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.