भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनको ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा सुरु

चीनको ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा सुरु

एजेन्सी । चीनले ग्रेट वालमा यूएभी मार्फत आवश्यक सामग्री पठाउन शुरु गरेको छ । चीनको ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा सामान्यतया ड्रोनबाट सेवा सुरु गरेको हो ।

सुविधाको अभावमा पर्यटकलाई पिउने पानीलगायतको आपूर्तिमा समस्या हुँदै आएको छ । ग्रेट वालको सबैभन्दा लोकप्रिय खण्डमध्ये, बादलिङ रमणीय क्षेत्र पहिलो पटक सन् १९५८ मा पर्यटकका लागि खोलिएको थियो । ग्रेट वालको कुल लम्बाइ बीस हजार किलोमिटरभन्दा धेरै छ ।

यसमा उत्तरको बेइजिङ, हेबेई र भित्री मङ्गोलिया र उत्तरपश्चिममा गान्सु र सिनजियाङलगायत १५ प्रान्तीय–स्तरका क्षेत्रहरू फैलिएको छ । चीनको ‘ग्रेट वाल’ विश्वको ७ औँ आश्चर्यका रुपमा चिनिन्छ । ग्रेट वाल हेर्न हरेक वर्ष एक करोडभन्दा धेरै पर्यटक पुग्ने गर्छन् ।

पर्यटकलाई राहत तथा आपतकालीन सामग्री छिनभरमै पुर्‍याउन सेवा शुरु गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.