भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चीनको ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा सुरु

चीनको ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा सुरु

एजेन्सी । चीनले ग्रेट वालमा यूएभी मार्फत आवश्यक सामग्री पठाउन शुरु गरेको छ । चीनको ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा सामान्यतया ड्रोनबाट सेवा सुरु गरेको हो ।

सुविधाको अभावमा पर्यटकलाई पिउने पानीलगायतको आपूर्तिमा समस्या हुँदै आएको छ । ग्रेट वालको सबैभन्दा लोकप्रिय खण्डमध्ये, बादलिङ रमणीय क्षेत्र पहिलो पटक सन् १९५८ मा पर्यटकका लागि खोलिएको थियो । ग्रेट वालको कुल लम्बाइ बीस हजार किलोमिटरभन्दा धेरै छ ।

यसमा उत्तरको बेइजिङ, हेबेई र भित्री मङ्गोलिया र उत्तरपश्चिममा गान्सु र सिनजियाङलगायत १५ प्रान्तीय–स्तरका क्षेत्रहरू फैलिएको छ । चीनको ‘ग्रेट वाल’ विश्वको ७ औँ आश्चर्यका रुपमा चिनिन्छ । ग्रेट वाल हेर्न हरेक वर्ष एक करोडभन्दा धेरै पर्यटक पुग्ने गर्छन् ।

पर्यटकलाई राहत तथा आपतकालीन सामग्री छिनभरमै पुर्‍याउन सेवा शुरु गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.