भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

बल्खुमा एकजनाको शव फेला, भोजपुरमा दुई बेपत्ता

बल्खुमा एकजनाको शव फेला, भोजपुरमा दुई बेपत्ता

काठमाडौं । बल्खुमा एकजना पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१४ स्थित तरकारी बजार नजिकै शव फेला परेको हो। शव भरियाको हुन सक्ने प्रहरीको आशंका छ । तरकारी बजार नजिकै शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाढीमा परेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । गएरातिको भारी वर्षाका कारण बल्खुको तरकारी बजार डुबानमा परेको छ ।

रातभर आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेका छन् । हालसम्म प्राप्त विवरण अनुसार डुबानबाट बढी प्रभावित ललितपुर रहेको छ । ललितपुरका मुख्य रुपमा ७ स्थानहरू डुबानमा परेका छन् । प्रहरीका अनुसार ललितपुरका विभिन्न स्थानबाट डुबानमा परेका २४ जनालाई उद्धार गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सुन्दरीघाटबाट ८ जना, युएन पार्कबाट दुई, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका( ७ स्थित चागाँथलीबाट ७ जना र सानेपा राम मन्दिरबाट ६ जनाको उद्धार गरिएको छ। गएराति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएकाले नदीहरूमा बाढी आएको छ । बागमती यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदी आसपासका बासिन्दालाई सतर्क रहन विभागले जनाएको छ। यस्तै भक्तपुरका पनि विभिन्न ठाउँ डुवानमा परेका छन् । हनुमन्ते आसपासका वस्ती र खेतहरु डुवानमा परेका छन् । उता बर्दियाको बारबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.