भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बल्खुमा एकजनाको शव फेला, भोजपुरमा दुई बेपत्ता

बल्खुमा एकजनाको शव फेला, भोजपुरमा दुई बेपत्ता

काठमाडौं । बल्खुमा एकजना पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१४ स्थित तरकारी बजार नजिकै शव फेला परेको हो। शव भरियाको हुन सक्ने प्रहरीको आशंका छ । तरकारी बजार नजिकै शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाढीमा परेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । गएरातिको भारी वर्षाका कारण बल्खुको तरकारी बजार डुबानमा परेको छ ।

रातभर आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेका छन् । हालसम्म प्राप्त विवरण अनुसार डुबानबाट बढी प्रभावित ललितपुर रहेको छ । ललितपुरका मुख्य रुपमा ७ स्थानहरू डुबानमा परेका छन् । प्रहरीका अनुसार ललितपुरका विभिन्न स्थानबाट डुबानमा परेका २४ जनालाई उद्धार गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सुन्दरीघाटबाट ८ जना, युएन पार्कबाट दुई, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका( ७ स्थित चागाँथलीबाट ७ जना र सानेपा राम मन्दिरबाट ६ जनाको उद्धार गरिएको छ। गएराति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएकाले नदीहरूमा बाढी आएको छ । बागमती यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदी आसपासका बासिन्दालाई सतर्क रहन विभागले जनाएको छ। यस्तै भक्तपुरका पनि विभिन्न ठाउँ डुवानमा परेका छन् । हनुमन्ते आसपासका वस्ती र खेतहरु डुवानमा परेका छन् । उता बर्दियाको बारबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.