भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमण, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन लेबनानको दाबी

लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमण, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन लेबनानको दाबी

एजेन्सी । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गरेका छन् । इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणपछि प्रधानमन्त्री नाजिबले उक्तप्तिक्रिया दिएका हुन ।

उक्त आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको इजरायले दाबी गरेको छ । फुआद शुक्र हिजबुल्लाहका मुख्य योजनाकारका रुपमा परिचित रहनुका साथै उनकै कमाण्डमा इजरायलमा आक्रमण हुने गरेको बुझिएको छ ।

लेवनानको दहियाह क्षेत्र हारेत अधिक जनसंख्या भएको र हिजबुल्लाहको बलियो किल्लाको रुपमा परिचित छ । इजरायली कब्जामा रहेको क्षेत्र गोलान हाइट्समा गत साता भएका आक्रमणमा हिजबुल्लाह जिम्मेवार रहेको इजरायलले लगाइरहेको आरोप भने हिजबुल्लाहले अस्वीकार गर्दै आएको छ ।

लेबनानका प्रधानमन्त्रीले उक्त आक्रमण सलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन भनि व्याख्या गरेका छन् । इजरायली रक्षा मन्त्री योभ गैलान्टले भने हिजबुल्लाहले सीमा नाघेको भन्दै सशक्त कारबाही गर्ने चेतावनी दिएको छन् ।

लेबनानी सशस्त्र समूहको गढ मानिने दहियाहमा भएको विष्फोटमा शीर्ष कमाण्डर फुआद शुक्र मारिनुका साथै कैयौं घाइते भएको इजरायली दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.