भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमण, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन लेबनानको दाबी

लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमण, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन लेबनानको दाबी

एजेन्सी । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गरेका छन् । इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणपछि प्रधानमन्त्री नाजिबले उक्तप्तिक्रिया दिएका हुन ।

उक्त आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको इजरायले दाबी गरेको छ । फुआद शुक्र हिजबुल्लाहका मुख्य योजनाकारका रुपमा परिचित रहनुका साथै उनकै कमाण्डमा इजरायलमा आक्रमण हुने गरेको बुझिएको छ ।

लेवनानको दहियाह क्षेत्र हारेत अधिक जनसंख्या भएको र हिजबुल्लाहको बलियो किल्लाको रुपमा परिचित छ । इजरायली कब्जामा रहेको क्षेत्र गोलान हाइट्समा गत साता भएका आक्रमणमा हिजबुल्लाह जिम्मेवार रहेको इजरायलले लगाइरहेको आरोप भने हिजबुल्लाहले अस्वीकार गर्दै आएको छ ।

लेबनानका प्रधानमन्त्रीले उक्त आक्रमण सलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन भनि व्याख्या गरेका छन् । इजरायली रक्षा मन्त्री योभ गैलान्टले भने हिजबुल्लाहले सीमा नाघेको भन्दै सशक्त कारबाही गर्ने चेतावनी दिएको छन् ।

लेबनानी सशस्त्र समूहको गढ मानिने दहियाहमा भएको विष्फोटमा शीर्ष कमाण्डर फुआद शुक्र मारिनुका साथै कैयौं घाइते भएको इजरायली दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.