भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

अक्टोबरमा चुनाव

अक्टोबरमा चुनाव

काठमाडौं । आगामी अक्टोबर २७ मा आम निर्वाचन गर्ने जापानका नवनिर्वाचित प्रधानमन्त्री शिगेरु इसिबाले घोषणा गरेका छन् । प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारीमा रहेका इसिबाले अक्टोबर २७ मा आम निर्वाचनको घोषणा गरेका हुन् ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष पदका लागि हालै भएको निर्वाचनमा शिगेरु इसिबा विजयी भएका थिए । जापानमा सत्तारुढ दलको अध्यक्ष देशको प्रधानमन्त्री बन्छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाको स्थानमा शिगेरु इसिबा मंगलबार जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

शिगेरु इसिबाले अक्टोबर १ बाट संसदको अधिवेशन सुरु भएपछि प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । संसदको दुवै सदनमा एलडीपीको बहुमत छ । यस्तो अवस्थामा पार्टी अध्यक्षमा निर्वाचित इशिबाको कार्यकाल २०२५ जुलाईसम्मको थियो र त्यसपछि देशमा आम निर्वाचन हुने भनिए पनि अब सिगेरु इसिबाले निर्वाचन घोषणा गर्ने स्पष्ट पारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.