भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विकासमा भन्दा तलबभत्तामा खर्च धेरै

विकासमा भन्दा तलबभत्तामा खर्च धेरै

हेटौंडा । ६ महिनामा बागमती प्रदेश सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारको पुँजीगत अर्थात् विकास बजेट खर्च १३ प्रतिशत मात्रै छ । तलबभत्ता र कार्यालय व्यवस्थापनमा भने विकास खर्चको तुलनामा झण्डै दोब्बर खर्च भएको छ ।

बागमती देशका सात प्रदेशहरुमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याउने र बढी आम्दानीको स्रोत भएको प्रदेश हो । बागमती प्रदेशले ६२.७० अर्बको बजेटमा चालुतर्फ २६.०७ अर्ब र पुँजीगततर्फ २१.६६ अर्ब बजेट विनियोजन गरेको थियो । विकास बजेट खर्चमा बागमती सुरुवाती वर्ष देखि नै कमजोर छ ।

चालु आवको अर्धवाषिर्क रिपोर्टअनुसार सरकारले २६ अर्ब ४५ करोड रुपैयाँ चालु खर्च गरेको छ । त्यस्तै पुँजीगत खर्च ३५ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । आम्दानी भने वाषिर्क लक्ष्यको ३१ दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

चालु आवमा कूल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य भए पनि १९ अर्ब ८२ करोड ४० लाख ७४ हजार रुपैयाँ अर्थात लक्ष्यको ३१।६१ प्रतिशत आम्दानी गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.