भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई दुर्व्यवहार

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई दुर्व्यवहार

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक उद्धवप्रसाद रिजाललाई दुर्व्यवहार गरेका छन् ।

पार्टीको युवा संगठनका कार्यकर्ताहरुले सोमबार कार्यालय परिसरमै महानिर्देशक रिजाललाई दुर्व्यवहार गरेका हुन् । महानिर्देशक रिजालमाथि नीलो मसी प्रहार भएको नयाँबानेश्वर प्रहरीले जनाएको छ ।

महानिर्देशकविरुद्ध नाराबाजी गर्दै भागेका थिए ।

दुई जना युवा महानिर्देशक रिजाल पुग्नुभन्दा अगाडि नै कार्यालय परिसरभित्र पुगेको र महानिर्देशक गाडीबाट ओर्लिनासाथ मसी प्रहार गरेको नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीले बताए । मसी उनको कपडामा लागेको थियो ।

 


Thali Mobile Pvt.Ltd.