भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बागमती प्रदेशमा १५०० अस्थायी दरबन्दी स्वीकृत

बागमती प्रदेशमा १५०० अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । बागमती प्रदेश सरकार मातहतका विभिन्न निकायका मन्त्रालय, संवैधानिक आयोग तथा बोर्ड र कार्यालयहरुमा सचिव, अधिकृत तथा सहायकस्तरका गरी एक हजार ५९५ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । गत साउनमा बसेको मन्त्रिपरिषद बैठकले रिक्त रहेका पदमा कर्मचारी भर्ना गरी कामकाज गर्न सो दरबन्दी स्वीकृत गरेको हो । स्वास्थ्य सेवातर्फ बढी कर्मचारी आवश्यक रहेकाले सो अस्थायी दरबन्दी स्वीकृत गरेको सचिव पाण्डेले बताए ।

अस्पतालहरुको स्तरोन्नति र सुविधा वृद्धिका कारण अस्थायी रुपमा दरबन्दी स्वीकृत गरेर सेवा प्रवाह नियमित गरिएको हो । अस्थायी दरबन्दी स्वीकृत नगर्दा तलब भत्तासमेत वितरणमा समस्या हुने पाण्डेमको भनाइ छ । प्रदेश सरकारले अस्थायी दरबन्दी अन्तर्गत प्राविधिक कर्मचारीलाई स्वीकृत दिएको छ भने केही मात्रामा प्रशासनिक कर्मचारीलाई नियुक्ति दिन दरबन्दी स्वीकृत गरिएको हो ।

सरकारले स्वास्थ्यतर्फ विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, बायोमिडिकल, फार्मेसिस्ट, ल्याबका कर्मचारी, नर्स लगायतका पदका लागि दरबन्दी स्वीकृत गरेको छ । स्वास्थ्यतर्फ ७५८ पदका लागि दरबन्दी स्वीकृत गरेको हो । प्रशासनिकतर्फ करिव २०० र अन्य इन्जिनियर, भेटेरिनरी डाक्टर, जेटीएहरु रहेको पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.