भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यावधिको नारा जप्दै एमाले गाउँ छिर्यो

मध्यावधिको नारा जप्दै एमाले गाउँ छिर्यो

बैतडी । मध्यावधिका लागि एमालेले मेची–महाकाली यात्रा सुरु गरेको छ । समृद्धिका लागि संकल्प यात्रा भनिए पनि एमालेले जनतासँग जोडिन मध्यावधिको नारा भिजाईरहेको स्थानीय राम
भट्टले बताए ।

एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट समृद्धि यात्राको सुरुवात गरेका हुन् । मध्यपहाडी लोकमार्गको पश्चिम अन्तिम बिन्दु मानिएको झुलाघाटबाट मुलुकको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर ओलीले बिहीबार संकल्प यात्राको शुभारम्भ गरे ।

करिब तीन सातासम्म चल्ने यो यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू सहभागी छन् ।

यात्राको शुभारम्भ गर्दै अध्यक्ष ओलीले पहाडी क्षेत्रको विकासका लागि जनताहरूसँग छलफल गर्ने बताएको छ । थुप्रै सम्भावना रहेको पहाडी क्षेत्रमा समृद्धिका लागि यो अभियानको आरम्भ गरिएको ओलीले जिकिर गरे ।

बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा ओलीले वर्तमान सरकारी कमिसन र तस्करीको बाटोमा हिँडिरहेको आरोप लगाए ।

समृद्धिका लागि थुपै्र सम्भावना रहेको मध्यपहाडी क्षेत्र रहेकाले सबै राजनीतिक दलले यहाँको सम्भावनालाई अनुशरण गर्नुपर्ने एमालेको दाबी छ । पुस १ गते पाँचथरको चिवाभन्ज्याङमा पुगेर यो यात्रा टुंगिने एमालेले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.