भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विवाहको नाटक गरेर बालिका बलात्कार

विवाहको नाटक गरेर बालिका बलात्कार

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । तनहुँ भिमाद नगरपालिका– २ का ३७ बर्षिय हिमाल मगर भन्ने अभिमान सिं आले पक्राउ परेका हुन । खाँदबारीमा पत्रकार सम्मेलन मार्फत बलात्कारमा सम्लग्न भएको आरोपमा आलेमगरलाई सार्वजनिक गरेको हो ।

आरोपित आलेमगरले बिवाह गर्ने प्रलोभन देखाएर खाँदबारी स्थित एक होटलमा लगेर १५ वर्षीया बालिका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । होटलमा बलात्कार गरेर भागेका आलेमगरलाई गत शनिबार ओखलढुंगाको सिद्दिचरण–११ रमाईलोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिए ।

परिवारजनले दिएको उजुरीको आधारमा आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिकालाई एक साताअघि बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको छ । जिल्लामा ९ महिनामा ११ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयमा तथ्याङ्क छ । ०७७, ७८ मा २७ वटा बलात्कारका घटना भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.