भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भक्तपुर अस्पतालको नवनिर्मित भवन उद्घाटन

भक्तपुर अस्पतालको नवनिर्मित भवन उद्घाटन

भक्तपुर । बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालको स्तरवृछि गर्न लागेको छ । कुनै समय रिफर सेन्टरका रुपमा रहेको अस्पताल यस वर्ष ९८ अंकसहित देशकै सर्वोत्कृष्ट घोषणा भएसंगै प्रदेश सरकारको ध्यान गएको हो । तीन सय शैयामा अस्पताल विकास गर्न लागेको र त्यसको तयारी स्वरुप आज बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र बेलायती राजदूत रब फेनले नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ % अङ्क प्राप्तगरी देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएपछि प्रदेश सरकारले स्तरवृद्धि गर्न लागेको हो । स्वास्थ्य क्षेत्रमा जनतालाई सहज सेवा दिन र विरामीमैत्री अस्पताल बनाउँन स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अस्पताल प्रशासनलाई निर्देशन दिए । मन्त्री श्रेष्ठले आवश्यक समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताए ।

अस्पतालको नवनिर्मित अपरेशन थियटरको समुद्घाटन गर्दै नेपालका लागि बेलायती राजदूत महामहिम रब फेनले शिलालेश अनावरण गरी रिवन समेत काटे । सो अवसरमा बेलायती सरकारका तर्फबाट आफुले अस्पताललाई सहयोग गर्ने बताए । सो अवसरमा ३४ करोड लागतमा निर्मित अस्पतालको नवनिर्मित भवन संचालनमा आएपछि विगतभन्दा सेवामा धेरै सुधार गरेको मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले बताइन् ।

अस्पतालले गुणस्तरीय सेवा विस्तार गरेसँगै विरामीको भीड हुन थालेको छ । राजदुत र स्वास्थ्य मन्त्रीलाई अस्पताल प्रशासनले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा प्रदेश साँसद, चिकित्सक, प्रमुख जिल्ला अधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय र पत्रकारको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.