च्यातिएको कम्बल दिएर राहतको नाममा कमिसनको खेल

च्यातिएको कम्बल दिएर राहतको नाममा कमिसनको खेल

काठमाडौं । सिरहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको छ । प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिव, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो ।

एक वर्षअघि खरिद गरि राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ । पुस मसान्तमा ह्वातै चिसो बढेर जनजीवन प्रभावित बनेपछि पनि कम्बल वितरण गरिएको थिएन ।

कुनै वहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरीले यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिवको वस्तीमा पुगेर फेरि मिडियवाजी गरेका छन् ।

दलित गरिवहरूले राम्रो सामान प्रयोग गर्न हुँदैन भन्ने जनप्रतिनिधिहरूको मानसिकता कम्बल वितरणले देखाएको दलित अधिकारकर्मीहरू बताउँछन् । बलानसेरकी ४५ वर्षीय फुलवा सदाका अनुसार नगरपालिकाले वितरण गरिएको कम्बल साह्रै पातलो त्यसमा पनि अधिकाम्स कम्बल भ्वाङ परेका छन् ।

जाडोबाटा गरिवलाई बचाउने भन्दा पनि ‘राहत’को नाममा कमिशन खाने जनप्रतिनिधी र कर्मचारीको मेलो भएको सोही वडाका ३५ वर्षीय लिलम सदा बताउँछिन् । स्थानीय जनप्रतिनिधी र कर्मचारीले असहाय, गरिव, दलितको नाममा लुट नै मचाएको सदाले आरोप लगाएकी छिन् ।

जनप्रतिनिधीले एक सयमा खरिद गरिएको समानको पाँच सयदेखि हजार रुपैयाँ सम्मको विल बनाएर खाने गरेको उनको आरोप छ । वडा नम्बर १७ मा नगरप्रमुख महेश चौधरीकै हातबाट दलित, गरिव, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलासहित ८० जनालाई कम्बल वितरण गरेका थिए । वितरण गरिएका अधिकाम्स च्यातिएको कम्बल रहेको कर्मचारीले नै जानकारी दिए ।

यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहसँग पटक पटक फोन सम्पर्क गर्दा उनको फोन स्विच अफ थियो । १७ नम्बर वडाका वडा अध्यक्ष प्रथमलाल चौधरीसंग प्रतिकृयाका लागी सम्पर्क गर्दा उनीसँगपनि सम्पर्क हुन सकेन् ।

लहान नगरपालिका जिन्सि शाखा प्रमुख भवानी चौधरीले गत आर्थिक वर्षमा १ देखि २४ वटै वडाको लागी करिव १ हजार थान कम्बल खरिद गरिएको जानकारी दिए। कम्बल कुन प्रकृयाबाट कुन र्फमले, कति दररेटमा खरिद गरिएको प्रश्नमा भनृ उनले आफू बाहिर रहेकाले तत्काल जानकारी गरान असमर्थ रहेको बताए ।

स्थानीय जनप्रतिनिधी र कर्मचारीहरु लक्षित वर्गलाई राहत दिनुभन्दा पनि कमिसनबापत ठूलो रकम कसरी कमाउने भन्ने उद्देश्यले मात्र दैवि प्रकोपको नाममा रकम विनियोजन गर्ने र सामाग्री खरिद गरेर व्यापक अनियमितता गर्ने गरेको स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.