भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

बालयौन शोषण र व्यक्ति बेपत्ता कैदीले मागे कारागार भित्रै जीमखाना

बालयौन शोषण र व्यक्ति बेपत्ता कैदीले मागे कारागार भित्रै जीमखाना

काठमाडौं । हात्तीगौंडाबाट पक्राउ परेका कथित तपस्वी रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन् । सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको छ । जलेश्वर कारगारमा पुगेपछि उनले जीमखानाको माग गरेका छन् ।

बालयौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान भएका उनले कारागारमा जीमको सुविधा मागेका हुन् । बम्जन पक्राउ परेको घरभित्र जिमखाना नै खडा गरेको भेटिएको थियो । घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम समेत थिए ।

बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले आफूले घरमा जिम गर्ने गरेको भन्दै जेलमा भए नभएको सोधेको कारगारका एक कर्मचारीले बताए । आफूले घरमा जीम गर्ने भनेको भन्दै उनले यहाँ जीम छैन भनेर सोधेका थिए ।

कारगार साँघुरो भएका कारण बिहान हिँडडुल गर्ने ठाउँ मात्र रहेको र कारागारको सुविधाबारे उनलाई जानकारी गराएको कारागार प्रशासने कर्मचारीले बताए । कारागारमा बम्जनसँगै अरू ५–७ जना जोगी कैदी रहेका छन् । बम्जनले आफूलाई सादा खाना माग गरेकाले अरू जोगीलाई बनाएको खाना दिने कारागारले जनाएको छ ।

बम्जन बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका थिए । महोत्तरी कारागारमा पुरुष मात्र राखिएको छ । महिलालाई सिन्धुली कारागारमा राखिएको छ । कारागार साँघुरो भएकाले अरू धेरै सुविधा भने नरहेको कर्मचारीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.