तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी भएपनि घुम्न आउनेको संख्या ह्वातै बढेको छ । चिसो मौसममा पर्यटकीय गन्तव्य बनेको यहाँ यो मौसममा आन्तरिक पर्यटक बढेपछि स्थानीय खुसी भएका छन् । बास बस्ने गरी आउने पर्यटक कम भए पनि घुमघाम गरेर सोही दिन फर्किनेको सङ्ख्या उल्लेख्य रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए ।
यति बेला बन्दीपुरमा दैनिक पाँच सयभन्दा बढी पर्यटकको आगमन भइरहेको छ । सार्वजनिक बिदा र शनिबारका दिनमा भने पर्यटकको सङ्ख्या अझै बढी हुने गरेको छ । बन्दीपुरमा विदेशी पर्यटकको आगमन पनि उल्लेख्य भइरहेको समितिका अध्यक्ष प्रधानले बताए । यहाँ अन्य मुलुकभन्दा चीनका पर्यटक बढी आउने गरेका छन् ।
जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक पनि आउने गरेका तथ्याङ्क छ । बन्दीपुर भ्रमण वर्ष–२०२५ को अवसरमा यहाँ पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिदै छन्।
काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्ने लक्ष्य लिइएको संयोजक गुरुङले बताए। भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षण केन्द्रबिन्दु बन्ने गरेको छ ।
सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमीको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले पर्यटकको आकर्षण बढेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपालकै चर्चित, धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध माछामार्ने जात्रा सुरू हुदैछ । नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ अर्थात माछा मार्ने जात्राका रुपमा परिचित याे नाच प्रत्यक...
भक्तपुर । एकमहिने माधवनारायण व्रत एवं मेलाको दोस्रो दिन आज भक्तपुरको प्रसिद्ध हनुमानघाटस्थित त्रिवेणीधाममा वर्तालुको भिड लागेको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ मेलालाग्ने गरेको...
हुम्ला । गएरातिदेखि भएको हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । दुई इञ्चसम्म हिउँ जमेको छ भने...
भक्तपुर । रोजगारी एवं आयआर्जनसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील र प्रगतिशील बनाउने उदेश्यले मध्यपुर थिमीमा पुस १२,१३ र १४ गते मध्यपुर महोत्सव हुने भएको छ । मौलिक कला, सस्कृतिलाई...