भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छविको बयान सकिएलगतै रविको लिने तयारी

छविको बयान सकिएलगतै रविको लिने तयारी

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जारी छ । सोमबार पहिलो दिन गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छबिलाल जोशीको मात्र बयान भएको छ ।

उनको बयान अझै बाँकी रहेकाले आज निरन्तर रहने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए। जोशीको बयान सकिएपछि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको बयान सक्ने तयारी गरिएको छ। अन्य प्रतिवादीको हकमा भने दोस्रो चरणमा बयान लिने अधिकारीले बताए ।

प्रतिवादीहरुको बयान लिने क्रम लम्बिने हुँदा थुनछेकको बहस शुुरु हुन समय लाग्ने भएको छ। प्रतिवादीको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेकपछि मात्रै अभियुक्तहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि मुद्दा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश हुनेछ । मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ।

 


Thali Mobile Pvt.Ltd.