काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जारी छ । सोमबार पहिलो दिन गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छबिलाल जोशीको मात्र बयान भएको छ ।
उनको बयान अझै बाँकी रहेकाले आज निरन्तर रहने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए। जोशीको बयान सकिएपछि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको बयान सक्ने तयारी गरिएको छ। अन्य प्रतिवादीको हकमा भने दोस्रो चरणमा बयान लिने अधिकारीले बताए ।
प्रतिवादीहरुको बयान लिने क्रम लम्बिने हुँदा थुनछेकको बहस शुुरु हुन समय लाग्ने भएको छ। प्रतिवादीको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेकपछि मात्रै अभियुक्तहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि मुद्दा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश हुनेछ । मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर...
काठमाण्डौ । सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको...