भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

तनहुँ । बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरे ।

अहिलेको चलनचल्तीको मूल्य रु।एक करोड बराबराको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलव्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गरेको उनले बताए ।

“जग्गा प्राप्तसंगै आर्कषण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सहयोग मिलेको छ, भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभाहल निर्माण गर्ने योजना बनाएका छौ,” उनले भने, “भवनको दोस्रो तलामा विभिन्न जातजातिका कलासंस्कृति झल्किने संग्रहालय निर्माण गरेर राखिनेछ ।”

गाउँपालिकाभित्रका सबै जातजातिको कलासंस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरुप आफूले खुशी मनले जग्गादान गरेको जग्गादाता श्रेष्ठले बताए । गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि रु ७० लाख विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलव्ध गराएको स्पष्ट गरे । रासस

 


Thali Mobile Pvt.Ltd.