भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छोडिन् देश

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छोडिन् देश

काठमाडौं ।बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारततर्फी लागेकी छन् । विद्यार्थीहरूको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । उनचढेको हेलिकप्टर भारततर्फ लागेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर हजारौँ प्रदर्शनकारीले लुटपाटका साथै तोडफोड शुरू गरेका छन् । सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र बनाउने क्रममा लगेका योद्धाका परिवारलाई दिइएको कोटाका कारण सर्वसाधारण जागिरबाट वञ्चित भएको भन्दै शुरू भएको आन्दोलनमा दुई सय जनाको ज्यान गएको थियो ।

सर्वोच्च अदालतले धेरैजसो कोटा खारेजीको परमादेश दिइसकेको छ । तर विद्यार्थीहरूले पक्राउ परेकालाई रिहाइ र दमन गर्ने प्रहरीमाथि कारबाहीको माग राखेर केही दिनदेखि फेरि आन्दोलन गरेका थिए । आन्दोलनमाथि झनै दमन बढेपछि उनीहरूले प्रधानमन्त्रीकै राजीनामा माग गरेका थिए ।

हिजोको आन्दोलनमा मात्रै ९० जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो । समग्रमा गएको जुलाईदेखि भइहेको आन्दोलनमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.